सरावलकाे लक्ष्मी नारायण बचत तथा ऋण सहकारीकाे साधारण सभा सम्पन्न

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ मा अवस्थित लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बासाबहसीको ११ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीको अध्यक्ष देवराज श्रेष्ठको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको वशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हाे ।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले याे सहकारी सरावल गाउपालिकाकै नमुना सहकारी भएको हुदा संस्थाले पालिकाका सात वटै वडालाई समेटी आफ्ना सदस्यहरु विस्तार गर्नुपर्ने बताउदै सो का लागी गाउपालिका सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत पौडेलले सहकारी र बैंकहरु फरक फरक भएको हुदा जिविकोपार्जनमा सहजता ल्याउन सहकारीको भुमिका अग्रस्थानमा रहेको बताउदै बंैकहरुले आफ्नो पैसाको आमदानी आफै लैजान्छन भने सहकारीमा आबद्ध हुदा आफ्नो पैसाको आम्दानी आफै संग आउने हुदा सहकारी रोज्न आग्रह गर्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा समयोजक गोविन्द प्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष मिनराज पन्तले आय ब्यय विवरण प्रस्तुत गर्दै हाल सम्म २० करोड ५७ लाख १७ हजार ९ सय ६५ रुपिया बराबरको आर्थिक कारोबार गरेको बताउनुभएको थियो । संस्थाका उपाध्यक्ष लोक प्रसाद भुषालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कृष्ण प्रसाद भुषालले गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको यस सहकारीमा ८ सय ८० जना सेयर सदस्यहरु आबद्ध छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot