राष्ट्रिय दैनिक / कपिलवस्तु , १८ चैत
ऐतिहासिक महत्व बोकेको कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा लाेककला अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लाेककला बिभागकाे अायाेजना तथा सिया अार्ट एण्ड क्राफ्टकाे सहकार्यमा शुक्रबार लाेककला विभाग प्रमुख प्रदिप अधिकारीकाे अध्यक्षता एवं वरिष्ठ कलाकार राम दयाल ठाकुरकाे प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा बाेल्दै वरिष्ठ कलाकार राम दयाल ठाकुरले स्थानीय स्तरमा रहेको रितिरिवाज , संस्कृति र संस्कार समिटिएर तयार पारिएको कलाकारीता नै लाेककला भएकोले यसको प्रबर्द्धनका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उठेको प्रश्नकाे जवाफ ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपति लालकाजि लामा र लाेककला विभाग प्रमुख प्रदिप अधिकारीले प्रकाश पार्नुभएकाे थियो । साथै बरिस्ठ कलाकार मनाे गाेल्डिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रममा राष्ट्रिय कलाकार नर बहादुर बि.क , मनाे गाेल्डि , मिथिला कलाकार सुलाेचना कर्ण ,डिके बराल , प्रदिप अधिकारी ,एच बि रमतेल , थारु जनकवि बम बहादुर थारु , मन बहादुर गुरुङ , बिष्णु सुवेदी , कमल श्रेष्ठ ,नव उदय चित्रकार सन्चिता अग्रहरी , साेनि शाह लगाएत तमाम चित्रकारहरुकाे सहभागीता रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

