राष्ट्रिय दैनिक / कपिलवस्तु , १७ चैत
कपिलवस्तुको प्राचिन कपिलवस्तु दरबार (तिलौराकोटमा ) राष्ट्रिय कला कार्यशाला सम्पन्न भएको छ।
ऐतिहासिक महत्व बोकेको कपिलवस्तु जिल्लालाई कला मार्फत बिश्वभर परिचित गराउने उद्धेश्यले कपिलवस्तुको प्राचिन कपिलवस्तु दरबार (तिलौराकोटमा) राष्ट्रिय कला कार्यशाला शुक्रबार सम्पन्न भएको हाे ।

सिया अार्ट एण्ड क्राफ्टकाे अायाेजना तथा कपिलवस्तु नगरपालिका एवं कपिलवस्तुकाे सम्पूर्ण स्थानीय तहकाे सहयोगमा ३ दिनसम्म सन्चालन रहेको कार्यशालामा बाल गोविन्द त्रिपाठीकाे अध्यक्षता तथा यसाेधरा गाउँपालिका अध्यक्ष सिउदयाल तिवारीकाे प्रमुख अातिथ्यतामा कार्यशाला सम्पन्न भएको हाे।

कार्यशालालाई सम्बाेधन गर्दै यसाेधरा गाउँपालिका अध्यक्ष सिउ दयाल तिवारीले हजारौ बर्षको इतिहास बोकेको कपिलबस्तु जिल्लामा रहेका सम्पदाहरुको चित्रकलाहरु प्रर्दशन भएकोले यस क्षेत्रकाे प्रचार प्रसारमा महत्त्वपूर्ण भुमरीका खेलेको बताउनुभयो ।तिलौराकोट विकाससँगै त्यहाँको पुरातात्विक महत्व पनि आम नागरिकहरुलाई थाहा हुने बताउनुभयो । तिलौराकोट पर्यटकका लागि ३ दिने राष्ट्रिय कला कार्यशालाले टेवा पुग्ने बताउँदै यसमै लागिएको खण्डमा आम्दानीकाे स्राेत हुने बताउनुभयो ।

त्यस्तै सिया अार्ट एण्ड क्राफ्टकाे अध्यक्ष बाल गोविन्द त्रिपाठीले कुनै पनि जिल्लाको ऐतिहासिक सम्पदाहरको प्रर्बद्धन गर्न कलाकारहरुको महात्वपूर्ण भुमिका रहने गरेको बताउनुभयो । राष्ट्रिय एवम् अन्र्तराष्ट्रिय स्तरमा आफ्नो देश र ठाँउका कला संस्कृतिलाई चित्रकलाको माध्यमबाट प्रर्दशन गरेको उहाँको भनाई छ । हजारौ बर्षको इतिहास बोकेको कपिलबस्तु जिल्लामा रहेका सम्पदाहरुको कुनै पनि ठाँउमा चित्रकलाहरु प्रर्दशनमा नदेखिएपछि यसको प्रचार प्रसारको लागि कला कार्यशाला गरेको त्रिपाठीले बताउनुभयो । चित्रकारहरुले चित्रकलाको माध्यमबाट पशुपतिनाथ, स्वायमभुनाथ, लुम्बिनी लगायतको चित्रहरु प्रर्दशन गरे पनि कपिलबस्तुको कुनै चित्रहरु नभेटाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “लुम्बिनीमा बुद्धले जन्म मात्र लिनु भयो त्यस ठाँउको चित्रहरु विभिन्न ठाँउमा हेर्न पाइन्छ तर कपिलबस्तुमा बुद्धले २९ वर्ष विताएको ठाँउको चित्रहरु नभेटाएको बताउनुभयो । ”

कार्यशालामा अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेको
ललितकला प्रज्ञा प्रतिष्ठान उपकुलपति लालकाजि लामा ,लाेककला विभाग प्रमुख प्रदिप अधिकारी , राष्ट्रिय कलाकार नर बहादुर बि.क , मनाे गाेल्डि , मिथिला कलाकार सुलाेचना कर्ण ,डिके बराल ,नव उदय चित्रकार सन्चिता अग्रहरी , साेनि शाह सहित देशभरका २० भन्दा बढी चित्रकारकाे सहभागीता रहेको थियो ।

पहिलो दिन कलाकारहरु कपिलबस्तु जिल्लाको सम्पूर्ण पुरातत्विक स्थलहरुको भ्रमण र त्यसबारे जानकारी लिएका थिए । दोस्रो दिन तिलौराकोट दरबार अवलोकन गरी साे स्थलहरुको चित्रकलाबाट प्रर्दशन गरेका थिए । त्यस्तै तेस्रो दिन ग्यालरी प्रदर्शन सहित कार्यक्रमको समापन गरिएको हाे।









राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

