अारपि उपाध्याय / नवलपरासी , १८ चैत
जनसेवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था प्रतापपुर २ सेमरी पश्चिम नवलपरासीको छैठौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कमल प्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएकी प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मान कुमारी चौधरीले सफा र शुद्ध खानेपानी पिउन पाउनु नागरिकको अधिकार भएकोले नागरिकको चाहना अनुसारको पानी उपलब्ध गराउनु संस्थाको जिम्मेवारी रहेको बताउदै खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो लक्ष्य र उद्देश्य अनुसार कार्य गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा अध्यक्ष शर्माले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्ष नाथुराम क्षेत्रीले आर्थिक प्रतिवेदन र लेखा संयोजक इश्वरीय प्रसाद घिमिरेले लेखा सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा जिल्ला खानेपानी महासङ्घका सचिव देवीदत्त अधिकारी, स्थानिय समाजसेवी गणेश प्रसाद पोख्रेल, प्रतापपुर गाउँपालिका वडा न. १ का अध्यक्ष महेन्द्र बहादुर चौधरी, वडा न.२ का वडा अध्यक्ष रामनरेश यादव लगायतले संस्था गतिविधि माथी प्रकाश पार्नुभएको थियो।
२०६३ सालमा स्थापना भएको जनसेवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल ९०१ सेयर संस्था रहेको आयोजकले जानकारी दिएको छ। सो अवसरमा संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा ३४ लाख ४४ हजार ९ सय ४० रुपैयाँ नाफा गर्न सफल भएको जानकारी गराइएको छ।

संस्थाकी उपाध्यक्ष उर्मिला देवी थापा क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई संस्थाको सचिव राम प्रसाद जोशीले सञ्चालन गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

