राष्ट्रिय दैनिक / नवलपरासी , १६ चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ सरावलमा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले भवन शिलान्यास गरेका हुन् ।

टोलमा नै स्वास्थ्य चौकी स्थापना गर्न भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
पालिकाका अध्यक्ष चाैधरीले जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र पालिकाबाट कुनै कसर बाँकी नराख्ने बताए ।

भवनको शिलान्यासपछि अध्यक्ष चाैधरीले ३ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज हुने बताए ।
उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका छन ।

सरावल स्वास्थ्य चौकी भवन निर्माणका लागि रु ३३ लाख संघिय अनुदान सहित ९५ लाख कुल लागतमा कृष्न कन्ट्रक्सन सरावल २ ले जिम्मा लिएको वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरीले जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

