Rashtriya Dainik

कपिलवस्तुमा ३ दिने राष्ट्रिय कला कार्यशाला र संस्कृति प्रवद्धन सुरु

राष्ट्रिय दैनिक / कपिलवस्तु , १६ चैत

कपिलवस्तुको प्राचिन कपिलवस्तु दरबार (तिलौराकोटमा ) राष्ट्रिय कला कार्यशाला सुरु भएको छ ।

ऐतिहासिक महत्व बोकेको कपिलवस्तु जिल्लालाई कला मार्फत बिश्वभर परिचित गराउने उद्धेश्यले कपिलवस्तुको प्राचिन कपिलवस्तु दरबार (तिलौराकोटमा) राष्ट्रिय कला कार्यशाला बुधबारदेखि सुरु भएको हाे ।

कार्यशालामा अन्तर्राष्ट्रिय स्तरमा परिचित रहेको नेपाल ललितकला परिषदका उपकुलपति , लालकाजि लामा , हस्तकला परिषदकाे अध्यक्ष प्रदिप अधिकारी , राष्ट्रिय कलाकार नर बहादुर बि.क , मनाे गाेल्डि , डिके बराल सहित देशभरका २० जनाएको सहभागीता रहेको छ ।

सिया अार्ट एण्ड क्राफ्टकाे अायाेजना तथा कपिलवस्तु नगरपालिकाकाे सहयोगमा भएको कार्यक्रममा चित्रकला र पेन्टिङ मार्फत विश्वभर कपिलवस्तुलाई चिनावन उद्देश्य रहेको अायाेजकले जनाएको छ।

कार्यशाला १७ गतेसम्म सन्चालन हुने अायाेजकले जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित