Rashtriya Dainik

वाल्मीकि अाश्रमकाे रामायण ज्ञान महायज्ञको अाज ८ औँ दिन

अारपि उपाध्याय / नवलपरासी , १५ चैत

विश्व सनातन धर्म स्थापनार्थ केन्द्रिय समितिको आयोजनामा सञ्चालन भइरहेका रामायण ज्ञान महायज्ञको ८ औँ दिन पनि ठुलो संख्यामा भक्तजनहरुले कथा श्रवण गरि आश्रमको अवलोकन गरेका छन ।

चितवनको माणी नगरपालिका वडा नम्बर १ बाल्मिकी आश्रममा सञ्चालन भइरहेको महायज्ञमा बाचक शिरोमणि १००८ श्री हरि प्रपन्नाचार्यले कथा बाचन गरिरहनुभएको मुल समितिका अध्यक्ष दिपक रायमाझिले जानकारी दिनुभएको छ ।

रामायण ज्ञान महायज्ञको ८ औ दिन नेपाल र भारतका सञ्चारकर्मी र केही धार्मिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सञ्चारकर्मी आरपि उपाध्याय तथा भारतिय सञ्चारकर्मी ईन्डो नेपाल पत्रकार महासंघका अध्यक्ष कौशल कुमार र वरिष्ट सदस्य जय प्रकाश र सुनिल कुमार गुप्ता रहनुभएको छ । त्यस्तै नवलपुर जिल्ला मध्यविन्दु नगरपालिकाकी पुर्व उपमेयर ओम कुमारी महतो, समाजसेवी लक्ष्मी देवी मैनाली र युवा समाजसेवी सुर्य गुरुंगलाई पनि सम्मान गरिएको केन्द्रिय समितिका उपाध्यक्ष यमराज थानीले बताउनुभएको छ ।

बाल्मिकी आश्रमलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञमा ८ औ दिन ४ हजार भक्तजनहरुले बाल्मिकी आश्रमको अवलोकन गरि महायज्ञमा दानपुण्य गरेको आयोजकले जानएको छ । नेपालको प्रमुख तिर्थ स्थलको रुपमा ख्याती पाएपनि ओझेलमा परेको आश्रमलाई पहिचान सहितको तिर्थको रुपमा विकास गर्न सकिए नेपाल र भारतका हजारौँ तिर्थालू आउने अपेक्षा आयोजकले लिएको छ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जगतजननी सिताका धार्मिक कथन संग जोडिएको बाल्मिकी आश्रम विकट जंगलको विचमा रहेकाले चाहे अनुसार प्रचार प्रसारको कमिले ओझेलमा परेपनि रामायण ज्ञान माहयज्ञको माध्यमबाट धार्मिक जागरणको सन्देश फैलिने आयोजकले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित