अारपि उपाध्याय / नवलपरासी , १४ चैत
चितवन माणी नगरपालिका अन्तर्गत वाल्मीकि आश्रममा सञ्चालन भैरहेको रामायण ज्ञान महायज्ञको सातौं दिन पनि नेपाल भारतको ठूलो सङ्ख्यामा भक्तजनहरुले पुजाआजा र कथा श्रवण गरेका छन।
विश्व सनातन धर्म स्थापनार्थ मुल समिती काठमाडौंको आयोजनामा सञ्चालन भैरहेको ज्ञान महायज्ञमा १००८ स्वामी श्री हरि प्रपन्नाचार्यले कथा वाचन गरिरहनु भएको मुल समिती काठमाडौंका अध्यक्ष दिपक रायमाझीले जानकारी दिनुभएको छ।
नेपालकै प्रमुख धार्मिक धरोहरको रुपमा रहेको वाल्मीकि आश्रमलाइ धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नेपाल भारतको सिमावर्ती क्षेत्रबाट हालसम्म २० हजार श्रद्धालु भक्तजनहरुले आश्रमको अवलोकन र कथा श्रवण गरिसकेको जिल्ला समितिको अध्यक्ष शालिग्राम उपाध्यायले बताउनु भएको छ।
चितवन जिल्ला अन्तर्गत राष्ट्रिय निकुञ्ज जंगल सङ्ग जोडिएको वाल्मीकि आश्रम पुग्न त्रिवेणी स्थित नारायणी नदिमा ढुङ्गाबाट तर्नुपर्ने जोखिमपूर्ण यात्राले नेपाली श्रद्धालु भारत भुमिको प्रयोग गरि आवतजावत गर्दै आएका छन। नेपाली भक्तजन भारत भुमिको प्रयोग गरि आवतजावत गर्दा भारतीय सुरक्षा बलबाट चेकजाँचको नाममा दु:ख दिने गरेको पनि एक श्रद्धालुले बताएका छन।

वाल्मीकि आश्रम जान त्रिवेणीबाट झोलुङ्गे पुल तयार हुँदा पनि चितवन राष्ट्रिय निकुञ्जको कडा नियमले नेपालीहरु भारतीय भुमिको प्रयोग गर्दै आइरहेको पाइएको छ। वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ वाचन गरिरहनु भएका १००८ स्वामी श्री हरि प्रपन्नाचार्य सहितको टोलिलाइ पनि भारतिय सुरक्षाकर्मीले आवतजावत गर्दा गाडी चेकजाँच गरि इन्ट्री गरेर मात्र प्रवेश गर्ने नीति बनाएकोले नेपालीहरुले नेपाल भुमिकै तिर्थस्थल जान अघोषित रोक लगाउन खोजेको पनि बुझिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

