Rashtriya Dainik

‘टेकअफ’ हुन नसकेपछि रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्ध एयरको जहाज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ लिन नसकेपछि बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । भैरहवाको लागि उडान भर्न तयार जहाज रनवेबाटै फर्किएको हो ।

सोमबार काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको हो ।

विमानको इन्डिकेटरमा समस्या आएपछि विमान रनवेबाट फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमानले २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा गुडेको विमान टेकअफ हुन नसकेपछि रनवेबाट फर्काइएको प्रवक्ता सिटौलाले जानकारी दिए ।

बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले विमानमा प्राविधिक समस्या आएको बताए । यात्रुहरुलाई अर्काे विमानको व्यवस्था गरेर भैरहवा पठाइएको उनले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित