Rashtriya Dainik

सुस्ता गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , १३ चैत

सुस्ता गाउपालिका पश्चिम नवलपरासीको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सुस्ता गाउपालिका कार्यालय परिसरमा सम्पन्न भएको छ ।

सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा सार्वजनिक समारोह कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अध्यक्ष उपाध्यायले नागरिकले दिएको सल्लाह सुझावलाई अक्षरस पालना गर्नुपर्ने बताउदै सुस्ता गाउपालिकामा देखापरेका बिकृति र बिसंगतीलाई सबैको सहयोगबाट अन्त्य गर्दै लैजाने जिकिर गर्नूभयो ।

सो अवसरमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै पालिकामा देखापरेका समस्याहरुलाई क्रमश न्युनिकरण गर्दै लैजाने धारणा राख्नुभयो ।

सुस्ता गाउपालिका अन्तर्गतका २ दर्जन नागरिकहरुले शान्ति सुरक्षा ,नदि कटान नियन्त्रण , बाटोघाटोको अवस्था र लागु औषध दुव्र्यसनि बिरुद्धको अभियानलाई गाउपालिकाले अविलम्ब सम्बोधन गरी अपुर्ण बिकास निर्माणलाई अविलम्ब पुर्णता दिनुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले गण्डक नहरले उत्पन्न गरेको समस्याको दीर्घकालीन समाधान र नारायणी नदीमा नदिजन्य सामाग्रीको ओसारपसार तत्काल रोक्नु पर्ने सुझाव दिदै सामुदायिक विद्यालयहरुमा पढाइको स्तर घट्दै गएकोमा पनि चिन्ता व्यक्त गर्दै यसतर्फ पालिका सरकार कडा रुपमा प्रस्तुत हुन पनि आग्रह गरेका थिए।

कार्यक्रममा सुस्ता गाउपालिका वार्ड नंं १ का वार्ड अध्यक्ष अशोक कुमार चौधरी, २ का वार्ड अध्यक्ष कृष्ण लाल मुखिया , वार्ड नंं ३ का वार्ड अध्यक्ष हरिलाल दुषाध , वार्ड नंं ५ का वार्ड अध्यक्ष प्रभुनाथ यादव , सम्पर्क अधिकारी अमित खड्का लगायतले नागरिकले उठान गरेका प्रश्न माथी जवाफ दिनुभएको थियो ।

सुस्ता गाउपालिका उपाध्यक्ष गिता देवी चौधरीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमलाई पत्रकार उमेश बि.क ले सञ्चालन गर्नुभएको आयोजकले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित