कपिलवस्तु,१३ चैत्र
राष्ट्रीय मदरसा संघ नेपालले विओपी कृष्णनगर प्रमुख रहेका सशस्त्र प्रहरी निरिक्षक जोगेन्द्र केसीको बिदाई तथा प्रस्तावित सशस्त्र प्रहरी बल गुल्ममा आएका सशस्त्र प्रहरी नायब उपरिक्षक राजेश फुयालको स्वागत गरेको छ l
राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीको अध्यक्षतमा बिदाई तथा स्वागत कार्यक्रम संचालन गरिएको थियो l
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बिदाई भइ
जान लागेका केसीको आगामी कार्यकालको शुभकामना दिदै आफ्नो जिम्मेवारी राम्रो संग निर्वाह गरेको काम सराहनीय रहेको बताए l
कार्यक्रममा शैख खालिद रशीद, अब्दुल नूर ,तारिक रियाज, इरसाद अहमद, अलताफ़ अहमद खां, असरफ खां, समद खां, मौलाना मुबारक शाह लगायत रहेका थिए l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

