Rashtriya Dainik

सशस्त्र प्रहरी बल त्रिबेणी विओपीमा फेरी भेटौला कार्यक्रम

अारपि उपाध्याय / नवलपरासी ,१२ चैत

पुर्वी नलवपरासीको विनयी त्रिबेणी ७ मा रहेको सशस्त्र प्रहरी बल त्रिबेणी विओपीमा फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको छ । गत श्रावण देखी त्रिबेणी विओपी प्रमुखको रुपमा काम गर्दै आउनुभएका सशस्त्र प्रहरी निरीक्षक रिवाज दाहाललाई विदाई तथा सरुवा भई आउनुभएका सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेलाई स्वागत गरिएको हो ।

त्रिबेणी विओपीमा ८ महिने कार्यकाल पुरा गर्नुभएका दाहाललाई थप प्रगतिको कामना गर्दै विदाई गरियो भने पाण्डेलाई नागरिक र प्रहरी बीच अन्तर सम्बन्ध थप मजबुत बनाउन सुझाव सहित स्वागत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि तथा राजनितिक दलका ब्यक्तिहरुले विनयी त्रिबेणी वडा नम्बर ६ र ७ मा हुने सुक्ष्म रुपको गैर कानुनी कृयाकलाप रोक्न सुरक्षा निकाय कडाईका साथ प्रस्तुत हुन पनि सुझाव दिएका थिए ।

गण्डकी प्रदेशको भारत संग जोडिएको एक मात्र गण्डक ब्यारेज नाकामा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको जनशक्ती बीच समन्वयकारी भुमिका रहनुपर्ने कुरामाथि जोड दिइएको थिए ।


सो अवसरमा विनयी त्रिबेणी वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्की, वडा सदस्य प्रकाश गुरुङ्ग, नेपाली कांग्रेस नवलपुर जिल्ला कार्य समिति सदस्य निरन्जन थापा, कांग्रेस वडा सभापति विरेन्द्र महत लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, माइती नेपालका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । सशस्त्र प्रहरी बल त्रिबेणी विओपीले विनयी त्रिबेणी वडा नम्बर ६ र ७ मा सिमा सुरक्षा, अवैध गतिविधि रोकथाम तथा नियन्त्रण कार्य गर्दै आइरहेको एपिएफले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित