एजेन्सी , १२ चैत
भोजपुरी अभिनेत्री आकांक्षा दुबे भारत बनारसको एक हाेटलमा मृत भेटिएकी छन् ।
सरनाथ नामको होटलमा अभिनेत्री पासो लागेकाे अवस्थामा मृत फेला परेकी टाइम्स अफ इन्डियाले लेखेकाे छ ।
२५ वर्षीया उनले आत्महत्या गरेको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । भोजपुरी चलचित्र उद्योगकी चर्चित अभिनेत्रीले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाली की २’ फिल्ममा काम गरेकी थिइन् ।
आजै मात्र भोजपुरी सुपरस्टार पवन सिंहसँग उनको नयाँ गीत ‘आरा कभी हारा नहीं’ रिलिज भएको छ । उनले किन यस्तो कदम चालिन् भन्नेबारे केही खुलेको छैन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

