।
तुलसीराम पौडेल / फर्साटिकर, १२ चैत
खनाल सेवा समिति बेतहानी रुपन्देहीको २२ औ साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भयो।खनाल सेवा समिति केन्द्रिय सदस्य तथा भागिरथी स्मृति प्रतिस्ठान अर्घाखाँचीका अध्यक्ष जनार्दन खनालले एक कार्यक्रमका बीच साधारण सभा तथा अधिबेशनको उदघाटन गर्नुभयो।सो अवसरमा उहाँले खनालको बंशको जानकारी दिनुहुदै खनाल सेवा समितीले परोपकारी कार्यहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने बताउनु भयो ।भागिरथी स्मृति प्रतिस्ठान अर्घाखाँचीका उपाध्यक्ष बसन्तराज खनालले नेपालका जुनसुकै ठाउँ बसोबास भएपनी खनाल बन्धुले आफ्नो पुर्ख्यौली ठाउँ अर्घाखाँचीको खन भन्ने ठाउँमा पुगेर त्यहाँको विकासमा सहभागी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी, ढकाल प्रतिस्ठान रुपन्देहीका अध्यक्ष खोमराज ढकाल, शुद्दोधन गाउँपालिका वडा -३ का वडा सचीव शारदा खनाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे
।कार्यक्रममा सामुदायिक तथा सस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थी ,खनाल सेवा समितीलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने खनाल सेवा समितिका सदस्य , जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।सम्पन्न २२ औं साधारण सभा तथा चौथो अधिवेशनले खनाल सेवा समिति बेतहानीको अध्यक्षतामा मणि प्रसाद खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि उपाध्यक्षमा पुरुषोत्तम खनाल , सचीवमा रामकृष्ण खनाल ,सहसचिवमा केशवराज खनाल ,कोषाध्यक्षमा मित्रलाल खनाल ,सदस्यहरुमा गोमा खनाल ,डोलराज खनाल ,प्रेमनारायण खनाल र मिना खनाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।
मणि प्रसाद खनालको अध्यक्षता, खनाल सेवा समिती केन्द्रिय सदस्य तथा भागीरथी स्मृति प्रतिस्ठान अर्घाखाँचीका अध्यक्ष जनार्दन खनालको प्रमुख आतिथ्यता, बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,र भागीरथी स्मृति प्रतिस्ठान अर्घाखाँचीका उपाध्यक्ष बसन्तराज खनालको विशिस्ट आतिथ्यता ,पुरुषोत्तम खनालको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन रामकृष्ण खनालले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

