बिनोद निगम/ महेशपुर, १२ चैत।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर बसपार्क नजिक अवस्थित छठघाट भत्काएको विरोधमा स्थानियहरु प्रदर्शन गरेका छन्।
जिल्लाको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको महेशपुर भन्सार नजिकको महेशपुर बसपार्कलाई व्यवस्थापन गर्न संघीय सांसद अनुदान काेटा मार्फत १ करोड रुपैयाँ विनियोजन भएको छ।
त्यही महेशपुर बसपार्क व्यवस्थापन गर्न त्यहा नदीको किनारामा विगत २० वर्ष देखि रहेको छठघाट ठेकदारले हटाएको विरोधमा स्थानिय सरोकारवालाहरु विरोध गरेका छन्।
एक स्थानीयका अनुसार स्थानीय बासी संग कुनै पनि सरसल्लाह नगरी एकै चोटी छठघाट भत्काउनु गलत रहेको बताए। उनका अनुसार छठघाट अन्य स्थलमा व्यवस्थापन गर्न हिन्दु धर्म अनुसार पूजाअर्चना गरेर मात्र अन्य स्थलमा विस्थापित हुने वताएका छन्।
एक पण्डित बाबाका अनुसार “यो वर्सो देखि छठ माताको पूजा आराधना गर्दै आएको ठाउँ हो यस स्थल बाट छठमाता को पूजा स्थल हटाउन विविध पूजापाठ गरेर मात्र हटाउन मिल्ने अन्यथा माताले सराप दिने बताए।
ठेक्का हात पारेका सञ्चालक प्रदीप पटेलका अनुसार हामी वार्ड कार्यालय र केही स्थानीयहरु कै सल्लाह अनुसार यस्तो गरेका हौ। विधि प्रक्रिया पुर्याएर गरे पनि आज विवाद उत्पन्न भएकोले यसलाई सहमति नै बाटो बाट हल गर्ने बताएका छन्।

आज बिहान भएको छलफलबाट छठघाट स्थानीयको माग अनुसार व्यवस्थापन गर्ने तथा हाल काम गर्न वातावरण निर्माण गर्ने स्थानीय र निर्माण व्यवसायी बीच सम्झौता भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

