रंजीत शर्मा/ नवलपरासी ,१२ चैत ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ अमानीगन्जमा अबस्थित सनराईज माध्यमिक विद्यालयद्धारा एसईईका परिक्षा दिने बिद्यार्थीहरुलाई एक कार्यक्रम बीच बिदाई गरिएको छ।
सनराईज माध्यमिक विद्यालयका प्रधानाध्यपक उपेन्द्र गुप्ताको अध्यक्षता तथा समाजसेवी एवं बाल शिक्षा निकेतन माध्यमिक विद्यालय पुर्व प्रधानाध्यपक पारस नाथ साहनी प्रमूख अतिथिकता तथा नेपाली कांग्रेसका नेता राजेन्द्र सहानीको विशिष्ट अतिथिकतामा सम्पन्न भएको छ।
कार्यक्रममा वोल्दै प्रमूख अतिथि साहनीले विधार्थीको मूल गहना अनुशासन भएकोले अनुशासनमा बासी र लगनसिलताले आफ्नो एसईईको परीक्षा उतीर्ण गर्न शुभकामना दिइएका छन्।

कार्यक्रममा समाजसेवी जीतेन्द्र गुप्ता,सपना खनाल,विनोद निगम,माधवी कर्ण,विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरु उपस्थिती रहेको थियो।
सनराईज माध्यमिक विद्यालयको पाचौं ब्याच रहेको यस पटक १३ जना विद्यार्थीहरू एसईईको परिक्षामा सहभागी हुँदैछन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

