काठमाडौँ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आँफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा आधा घण्टा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।
‘म आज अलि आक्रोशित पनि हुन सकूँला । अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?, उनले भने, ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’
भर्खरै नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता दर्शाएका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ?,’ उनले भनेका छन्, ‘के हामीले पाप गरेका थियौं ?’
टियू मैदानमा भएको उक्त खेलमा दर्शकहरू कोही भुईंमा त कोही रूख चढेरै खेल हेरेका थिए । यस्तो अवस्थामा नेपाल पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहरुलाई मज्जा आइरहेको होल ?,’ उनले प्रश्न गरे ।
रंगाशाला निर्माणको सपना धुर्मुस सुन्तलीको मात्रै नभएर सबै नेपाली क्रिकेट खेलका शुभचिन्तकको रहेको बताउँदै उनले निर्माणको काम रोकिनुको कारण उक्त भिडियोमा खुलाएका छन् ।
आफूँले इमानदारितापूर्वक खेल रंगशालाको निर्माण र समाजसेवामा समर्पित हुदाँ भष्ट्रचार गरेको झुटा प्रचार र आरोप लगाईएको भन्दै सरकारसँग न्यायको गुहार समेत लगाएका छन् ।
उनले अहिलेसम्म गरिएको कामलाई पूर्णता दिने आफ्नो धोका रहेको बताउँदै भरतपुर महानगरपालिका र नेपाल सरकारलाई स्वामित्व लिई यसलाई सम्पन्न गरेको खण्डमा आफूँलाई धेरै खुसी मिल्ने बताएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

