Rashtriya Dainik

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

दाङ, ६ चैत ।

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको भन्दै प्रदेशबाट प्रतिनिधित्व गर्ने ६ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

आईसीसी लिग २ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपाललाई विश्वभर चिनाउँदै प्रदेशको गौरव बढाएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान नवलपरासीका रोहित पौडेल, रुपन्देहीका कुशल भुर्तेल, रुपन्देहीका कुशल मल्ल, रुपन्देहीका मौसम ढकाल, गुल्मीका सोमपाल कामी र प्यूठानका प्रतिश जिसीलाई सम्मान गर्ने निर्णय भएको छ ।

त्यस्तै यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउन सफल भएका लुम्बिनी प्रदेशका पाँच जना खेलाडीहरुलाई पनि जनही पचास हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए । हालै युएईमा सम्पन्न यु–१९ एसिया छनोट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई विजयी बनाएका यु–१९ का कप्तान रुपन्देहीका देव खनाल, रुपन्देहीका दुर्गेश गुप्ता, कपिलबस्तुका आकाश त्रिपाठी, बर्दियाका विशाल विक्रम केसी र अर्घाखाँचीका उत्तम थापा मगरलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित