Rashtriya Dainik

नागरिक उन्मुक्ति पार्टीकाे क्रेज बढ्दै : सियारीमा २७७ जना गरे पार्टी प्रवेश

रुपन्देही , ६ चैत

रुपन्देहीको सियारिमा नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमितीद्वारा बृहत पार्टी प्रवेश तथा भेला कार्यक्रम सम्पन्न भएको छ ।

सियारी ६ मा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष तुल्सी थारुको अध्यक्षता तथा केन्द्रिय सदस्य सराेज सिंह चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी केन्द्रीय सद्स्य सरोज सिंह चौधरीले अब हामी भाग्ने वाला छैनौँ । अब नागरिक उन्मुक्ति पार्टी कम्जोर छैन, चाहे भने सरकार ढाल्न पनि सक्छ बनाउन पनि सक्छ । ढालेको पनि हो । अब नागरिक उन्मुक्ति पार्टी कुनै सानो पार्टी हैन रास्ट्रिय पार्टी हो । सक्तिशाली पार्टी हो, त्यसैले कोहि कसै सङ्ग डराउनु पर्दैन । कसैले कसैको भोटा खाको छैन । त्यसैले आफ्नो हक अधिकारको निम्ती पहिचानका निम्ति लडाै। उठाै जागाै, जब सम्म त्याे सासकहरुको अन्त्य हुदैन । र हामी सबै मिलेरा अन्त्य गर्दैनौ तब सम्म दास बनिरहन्छौ । एक पटक सोच्नुस चाहे केन्द्र होस या प्रदेश जिल्ला होस या स्थानीय हाम्रै थारु मधेसीको भोट ले राज गर्दैछन । तर अब तो हुने दिने छैनौ । खबरदारी गरिसकेका छौ । भन्दै आफ्ना बिचार प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला उपाध्यक्ष राकेश कोइरीले अबको आउने दिनहरुमा थारु ,मधेसी ,मुस्लिम र पिछडिएका बर्गहरु जब सम्म एक जुट हुदैनौ तब सम्म बाहुनहरुको साशनलाई ध्वस्त पार्न सक्दैनौँ । जब कि थारु मधेसीलाई थाह छ कि जनसंख्याको आधारमा हेर्ने हो भने थारु मधेसीको जनसंख्या धेरै छ तर पनि हामी तिनी सामन्तीहरुको अगाडि हाथ जोडछौँ । पहाडको पहाडी आएर तराईमा शासन चलाउन सक्छ भने हामी तराई बासि भुमी पुत्र किन सक्दैनौँ । ईतिहास गह्वा छ । त्यसैले अब हामी एक हुनु पर्छ भन्ने आफ्नो भनाइ राख्नु भएको थियो ।

त्यस्तै केन्द्रिय सदस्य बिनोद पहाडीले अाफु पहाडी भएपनि नागरिक उन्मुक्ति पार्टीलाई रोजेकाे बताउनु भएको हाे। रेशम निर्दोष छ र रेशमलाई निर्दोष साबित गर्नका लागि निर्दोष रेशमलाई साथ दिनका लागि थारु र मधेसीलाई एक जुट बनाउनका लागि सत्यको जित हुन्छ भनेर थारु र मधेसी समुदायमा सन्देश फैलाउनका लागि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश भएको बताउनु भयो । अबको दिन अरुको शासनमा हैन थारु र मधेसीको शासनमा देश चलाउनु पर्छ , तब मात्र देश बन्छ रेशम देशको सच्चा हिरो हो भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा २७७ जन अन्य पार्टी परित्याग गरि सियारी गा. पा , शुद्धोधन गा. पा ,मायादेबी गा. पा , अाेम सतिया गा .पा ,मर्चवारी गा.पा लगायतका स्थानीयतह बाट उपस्थिति भै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

जिल्ला उपाध्यक्ष राकेश कोइरीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचीव मनजित चौधरीले सन्चालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित