नवलपरासी ६ चैत्र ।
पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।नवलपरासीमा क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेकाे हाे ।
रामग्राम जेसिज,नवलपरासी क्रिकेट संघ बर्दघाट,सरावल खेलकुद संस्था , राेटरी क्लब अफ नवलपरासी , दैनिक २४ खबर ,क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरेकाे हाे ।आफनाे गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।
भर्खर सम्पन्न विश्व क्रिकेट लिड टुमा नेपालकाे तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएलाई हराउदै जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेलनवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै जिल्लामा भव्य स्वागत सम्मान गरिएकाे जेसिजका अध्यक्ष बेनिमाधव बस्यालले बताए ।क्रिकेटमा गरेको उपलब्धिले नवलपरासीकाे प्रतिष्ठा बढेका र आगामी दिनमा थप प्रगाति हुँदै हाेस शुभकामना दिए ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष हरिशर्माले नेपाललाई जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेलनवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै आगमी दिनमा पनि खेलमा उत्कृष प्रर्दशन गरि जिल्लाकाे गाैरब बढाउनुहुने बिश्वास व्यक्त गरे ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेलले याेखेलाडीहरू जित मात्र नभई सम्रग देशकाे जित भएकाे बताउदै मेराे मात्र जित हैन याे सबैकाे जित भएकाे बताए ।उनकाे गृह जिल्ला बर्दघाट नगरपालिकाकाे नवलपरासीमा पर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

