Rashtriya Dainik

देवकोटा क्यापस प्रमुखको पुत्ला दहन गर्दै विद्यार्थीद्वारा स्ववियु निर्वाचनको माग

बिनोद निगम /नवलपरासी , ५ फागुन

पश्चिम नवलपरासीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)निर्वाचनको ४ वटा सम्बन्ध प्राप्त क्याम्पस मध्ये ३ वटामा मात्र स्ववियु निर्वाचन भएको छ।

जसमध्ये पाल्हि बहुमुखी क्याम्पस रामग्राम,दिव्य ज्योती बहुमुखी क्याम्पस बर्दघाट,त्रिभुवन क्याम्पस बेलाटारीमा स्ववियु निर्वाचन अाज सम्पन्न भएको हाे।

स्ववियु निर्वाचनको माग गर्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा क्याम्पसमा विद्यार्थीहरुले नाराबाजी सहित क्याम्पस प्रमुख र संचालक समिति अध्यक्षको पुत्ला दहन गरेका छन।

स्ववियु निर्वाचनको माग गरेपनि क्याम्पस प्रशासनले अनुमती नदिएपछि नेविसंघ,अनेरास्ववियुले संयुक्त रुपमा क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको अनेरास्ववियु देवकोटा क्याम्पसका इकाइ अध्यक्ष बिनम भण्डारीले बताए।

फागुन २७ गते क्याम्पसका सबै प्रशासकीय शाखाहरुमा विद्यार्थीले तालाबन्दी गरेका थिए।ताला खुलाउने विषयमा क्याम्पस र विद्यार्थी संगठनबीच पटक पटक भएको वार्ता पनि निष्कर्ष विहीन बनेको।

स्ववियु निर्वाचन नगराइ आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर परिमार्जन गरी विद्यार्थी परिषद्लाई नै निरन्तरता दिने पक्षमा क्याम्पस प्रशासन छ भने जसरी पनि स्ववियु निर्वाचन हुनु पर्ने विद्यार्थी संगठनको अडान छ।

क्याम्पसमा अनेरास्वियु,नेविसंघ र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए। बिधार्थीले तत्काल निर्वाचनको मिती तोक्न आग्रह गरेका छ।तेस्रो चरणमा पुत्ला दहन गरेको र यथास्थिति निर्वाचनको मिति नतोकिएमा आन्दोलनको अर्को चरणमा जाने बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित