राजन कुमार बानिया / पर्सा , २९ फागुन
पर्साको पोखरिया नगरपालिकामा जिल्लाका सुरक्षा निकाय प्रमुख र नगरपालिकाका जनप्रतिनिधीहरु बिच सोमबार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा पोखरियामा जिल्ला प्रशासन कार्यालय , मालपोत र नापी कार्यालयको शाखा स्थापना तथा पोखरिया देखि वीरगन्ज सम्म सार्वजनिक यातायातको भाडा दर निर्धारण लगायतका विषयमा छलफल भएको छ ।
पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलिया , राष्ट्रिय अनुसन्धान विभागका हेमन्त चौधरी , उपमेयर रूबी कुमारी ठाकुर , पूर्व मेयर दीपनारायण रौनियार ,राजनीतिक दलका नेताहरु निजामोदिन समानी ,शंकर प्रसाद यादव ,बिन्ध्याचंल ठाकुर, श्रीकिसुन चौहान ,गोवर्धन यादव ,भगवान दास तत्वा, वडा अध्यक्ष प्रमोद गिरी , परमानन्द पटेल , केदार महतो चाई ,राधा बैठा , कौशल कुमार साह लगायतको पनि सहभागिता थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

