Rashtriya Dainik

सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा सिँहकाे उम्मेदवारी

उत्तमकुमार थापा बझाङ
सेती क्याम्पस बगडगाउँमा स्ववियु अध्यक्षमा अस्मिता सिँहकाे उम्मेदवारी रहेकाे छ ।

यहीँ चैत्र ५ गते हुन गईरहेकाे स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) काे निर्वाचनमा नेपाली काङ्ग्रेस निकट विद्यार्थी सँगठन नेपाल विद्यार्थी सँघ नेविसंघ बाट सिँहकाे अध्यक्षका उम्मेदवारी रहेकाे स्राेतकाे भनाइ छ ।

अस्मिता सिँह नेपाली काङ्ग्रेस आवद्ध नेपाल विद्यार्थी सँघ नेविसंघ बाट उम्मेदवार हुनुहुन्छ । उनलाई अखिल क्रान्तिकारी र नेविसंघकाे तर्फबाट उम्मेदवारी दर्ता गराएको छ भने ,उपाध्यक्षमा अखिल क्रान्तिकारी बाट सचिवमा राजेश दौल्याल रहेको रुमला जार्गिले बताए । अध्यक्षमा उम्मेदवार बनेकी सिँहले बगडगाउँमा चर्चा कमाएको पाईन्छ । उनले सामाजिक सञ्जालमा सबै विद्यार्थी साथिभाई शुभचिन्तकहरुलाई आफुलाई मतदान गरि बिजय गराउन आग्रह गर्नु भएको छ । उनले विजयी भए पछि विद्यार्थीकाे हक अधिकारकाे लागि लड्ने र विद्यालयमा हुने गरेका राम्रो कामको समर्थन सहित विद्यालयमा गर्नुपर्ने सुधार लाई अगाडि बढाउन आफुले भुमिका खेल्ने र सधै समाजसेवा बाटै अगाडि बढेकाे लेख्नु भएको छ । यसै गरि अनेरास्ववियुकाे र अनेरास्ववियु एसकाे तर्फबाट लक्ष्मण गिरीलाई अगाडि सारीएकाे छ । अध्यक्षमा लक्ष्मण गिरी र अस्मिता सिँहकाे उम्मेदवारी परेको छ । बझाङमा विद्यार्थीका भातृसँघठनहरु विच गठवन्धन भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित