दैलेखको गुराँस गाउँपालिका वडा नं ८ मा विवाह गर्नुअघि अनिवार्य वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।
वडाध्यक्ष दीपेन्द्र वलीका अनुसार वडा समितिको बैठकले मंगलबारदेखि लागू हुने गरेर यो निर्णय गरेको हो।

‘वडालाई बाल विवाह निषेध गरिएपनि कार्यान्वयनमा समस्या भइरहेको छ, विवाह गर्दानै अनुमति लिने व्यवस्थाले बाल विवाहका घटना नहुने भएकाले फागुन १२ गतेको वडा समितिको बैठकले विवाहका लागि अनुमति लिनुपर्ने निर्णय गरेको हो,’ वडाध्यक्ष वलीले भने, ‘विवाह दर्ता गराउन आउँदा अनुमतिपत्रलाई अनिवार्य गरेका छौं।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

