नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० कराड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका बजेट मागेका हुन् ।
आगामी वार्षिक कार्यक्रम तथा बजेटमा बहुवर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गर्न पत्रमा उल्लेख छ । अस्पतालको स्वामित्व भने बर्दघाट नगरपालिकाको रहने र चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल स्थापना र विकास गर्ने पत्रमा उल्लेख छ । उनले अस्पतालको अनुमानित लागत ५० करोड (तत्काल पहिचान र परियोजनाको पूर्वाधार तथा कार्यक्रम) का लागि मागेका छन् ।

‘यस आयोजनाहरुलाई मन्त्रालयले प्राथमिकतामा राखी आगामी बार्षिक कार्यक्रम तथा बजेटमा बहुबर्षिय वा क्रमागत कार्यक्रमको रुपमा समावेश गरी यस क्षेत्रका जनताकाृ समृद्धिको आकाक्ष र प्रयासलाई सघाउ पुर्याउन हुनेछ भन्ने अपेक्षा गरेको छु,’ पत्रमा भनिएको छ ।अस्पताल निर्माणको काम तीन वर्षभित्र सकिने पत्रमा उल्लेख गरिएको छ ।पश्चिम् नवलपरासीमा सुबिधा सम्पन्न अस्पताल नहुदा यहाका नागरिकहरु भैरहवा,बुटवल र भरतपुर जान बाध्य छ्न।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

