उमेश बि.क / नवलपरासी , २४ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ११३ औं नारी दिवसको अवसरमा अामा सम्मान कार्यक्रम गरिएको छ।

‘लैगिक समानताको बलियो आधारः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नारा सहित महिला तथा बालबालिका शाखाकाे अायाेजना कार्यक्रम गरिएको हाे।

महिला सन्जाल अध्यक्ष भिमकला भट्टराईकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडि प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पालिका अध्यक्ष चाैधरीले आफ्नो हक अधिकार प्राप्त गर्नको लागि महिलाहरु स्वयं जागरुक हुनुपर्ने बताउनु भयो । महिलाहरु आर्थिक ,सामाजिक बिकासमा अगाडि नभएसम्म राष्ट्रको विकास नहुने बताउनु भयो। अन्तराष्ट्रिय नारी दिवस चेतनशील नारिहरुको मात्र अभिभारा नभईकन समाजको , राज्यको नारी मुक्ति प्रतिको गहन जिम्मेवारी रहेकाे बताउनुभएको थियोे ।

त्यस्तै निवर्तमान प्रदेशसभा सदस्य भगवती भण्डारीले यो दिवस एउटा श्रमिक महिलाहरुको दिवस रहेको र महिलाहरुको हक अधिकार,महिला माथी हुने अन्याय अत्याचार शोषणका लागी महिला दिदिबहिनीहरुले मात्र आवाज उठाएर नहुने र यसमा पुरुषहरुले पनि उठान गरिदिनुपर्ने जोडदिनु भएको थियो भने परिवर्तन आफै र आफ्नै घरबाट सुरुवात गर्नुपर्ने पनि आग्रह गर्नु भएको थियो । महिलाहरु प्रति गरिने विभेदको अन्त्य गरिनु पर्ने र जसका निम्ति सम्बन्धित सवै सचेत भएर एकजुट हुनुपर्ने कुरामा जाेड दिनुभएको थियोे ।

त्यस्तै निवर्तमान पालिका उपाध्यक्ष उत्तमा रायले महिलाहरु राजनीति क्षेत्रमा अगाडि आउनुपर्ने बताउदै पुरुषबाट भन्दा महिलाले महिलालाई हिंसा गरेको तथ्यांक पाइएको र त्यसको मुल कारण आर्थिक समस्या भएको हुनाले महिला आय आर्जनको लागि सीप तथा उद्योग संग जोडिनुपर्ने बताउनुभयाे । महिलाहरु अधिकार प्राप्तिका लागि एक भएर अघि बढ्नुपर्ने बताउदै अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने हुन्छ,महिला दिदीबहिनीहरु आफ्नो हक अधिकारको लागी एक हुनुपर्ने र आफुले महिलाहरूको आवाज बुलन्द गर्नको लागि हरबखत तयार रहेको बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका अति विपन्न करिब ३५ भन्दा बढी महिलाहरूलाई दाेसल्ला , चवनप्रास र झुल सहित सम्मान गरिएको थियोे ।

११३ औं नारी दिवसको कार्यक्रम संचालन महिला तथा बालबालिका शाखा प्रमुख खेम खनालले गर्नु भएको थियो भने कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका महिलाहरुकाे सहभागीता रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

