Rashtriya Dainik

प्रतापपुरमा ११३ अाैँ नारी दिवस भब्यताको साथ सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , २४ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ११३ अाैँ नारी दिवस भब्यताको साथ मनाएको छ l

सदैब सादा जीवन उच्च विचारमा विश्वास गर्ने अधिकांश महिलाहरु यस पटक भब्यताकाे साथ ११३ औ अन्तर्राष्ट्रिय नारि दिवस प्रतापपुर गाउँपालिकाकाे अायाेजना तथा सुनवल सामुदायिक बिकास केन्द्र र इन्द्रेणी सामाजिक बिकास मन्चकाे समन्वयमा बेलाटारीमा मनाइएको छ l

प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीको सभापतित्व तथा पालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अातिथ्यतामा सम्पन्न नारि दिवसमा नारी दिवसकाे महत्वबारे सुनवल सामुदायिक बिकास केन्द्रकी अपांगता समावेशी बिकास परियोजना पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाले प्रकाश पार्नुभएकाे थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष यादवले महिलाकाे सवालमा महिला वकालत गर्नुपर्ने बताउदै पालिकाबाट महिला प्राेत्साहनका लागि विभिन्न कार्यक्रम राखेकाे कताउनु भएको थियोे । अध्यक्ष यादवले महिला दिवसका बारेमा संक्षेपमा ऐतिहासिक पृष्ठभुमिको साथै महिलाले खेलेको भूमिका बारेमा बोल्नु भएको थियो l

यसै गरि संस्थाकी चाैधरी फाउन्डेसनकि सचिव सारिका चाैधरीले महिलाले आफ्ना अधिकारको लागि लडे मात्र पाईने हुन्छ l र बिगतमा महिलाको योगदान र त्यागले आमुल परिवर्तन भएको बताउनु भयो l

त्यस्तै पालिका उपाध्यक्ष मान कुमारी चाैधरीले मुलुकमा आज परिवर्तन ल्याउनका लागि सयाै महिलाले आन्दोलनकाे नेतृत्व गरेर आजको परिवर्तन सम्भब भएको बताउदै नारी दिवसकाे शुभकामना ब्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा महिलाहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित