बुगल नगरपालिका , २४ फागुन
लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहँुुचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्र्तराष्ट्रिय महिला दिवस कार्यक्रम आज सम्पन्न भएको छ ।
बुगल नगरपालिका वडा नं.९,१० र ११,युनाईटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङ्गको साझेदारीमा संचालित समान व्यवहार परियोजना र वडा स्तरमा रहेको महिला संजालहरुको संयुक्त आयोजनामा आयोजित उक्त दिवस कार्यक्रमहरुमा लैगिक हिंसा अन्त्य सहित लैगिक समानताका लागी संन्देश मुलक प्ले कार्ड सहित ¥यालीको आयोजना गरिएको थियो भने साथै महिला पुरुष बराबरी र समान व्यवहार कायमका लागी सन्देश मुलक डेउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

बुगल नगरपालिकाको उक्त तिन वटै वडामा आयोजित दिवस कार्यक्रमहरुमा वडा नं.९ मा वडा अध्यक्ष हरिष बहादुर सिंहको अध्यक्षता र पूर्व नगर प्रमुख धन बहादुर विष्टको प्रमुख आथित्यतामा र वडा नं.१० मा बुगल नगरपालिका नगर कार्यपालिका सदस्य धनसरा पुजाराको अध्यक्षता र वडा अध्यक्ष प्रेम बहादुर ओखेडा प्रमुख अथिति रहनु भएको थियो ।

त्यस्तै वडा नं.११ मा वडा अध्यक्ष लोक राज जोशीको अध्यक्षता र बुगल नगरपालिका नगर उप प्रमुख धन बहादुर बोहराको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा परियोजना अन्र्तगत गठित विभिन्न समुहका तथा अन्य गरी सयौ जनाको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

