राष्ट्रिय दैनिक /नवलपरासी २४ फागुन
जिल्ला प्रहरी कार्यालय नवलपरासी र रोटरी क्लब नवलपरासीको संयुक्त आयोजनामा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रामग्राम नगरपालिका वडा नं.०३ स्थित परासी क्यामपसको सभा हलमा प्रमुख अथिति नगरपालिका नगर उप- प्रमुख श्री सम्झना चौधरी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरिक्षक बिनोद सिलवाल र प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे लगायत विभिन्न महिला संघ संस्था,महिला कर्मचारी,पत्रकार लगायत स्थानिय भद्रभलाद्मी,वुद्धिजिवि,समाजसेवी, जनप्रतिनिधिहरु समेत गरी ६० जनाको उपस्थिती रहेको थियो । “लैङ्गिक समानताको बलियो आधार:सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ सुचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुधबार बिहान सम्पन्न भएको थियो ।

साथै ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासी र सुनवल नगरपालिकाको संयुक्त आयोजनामा ११३ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुनवल नगरपालिका वडा नं.०१ सोमनाथ स्थित बालउत्थान केन्द्रको भवनमा सुनवल नगरपालिका नगर कार्यपालिकाका प्रमुख बिमला अर्यालको अध्यक्षतामा “लैङ्गिक समानताको बलियो आधार:सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न महिला संघ संस्था,महिला कर्मचारी,पत्रकार लगायत स्थानिय भद्रभलाद्मी,वुद्धिजिवि,समाजसेवी,जनप्रतिनिधिहरु समेतको उपस्थितीमा सुचना प्रविधि सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन भएको उक्त कार्यक्रममा ६० जना उपस्थित रहेका थिए ।
साथै ईलाका प्रहरी कार्यालय महेशपुरको आयोजनामा सो कार्यालको प्राङ्गणमा ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “लैङ्गिक समानताको बलियो आधारःसिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय मुल नाराका साथ आशिष सामाजिक सेवा नेपाल, आफन्त नेपाल स्थानिय महिलाहरुको अन्दाजी २५/३० जनाको उपस्थितमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

