Rashtriya Dainik

पश्चिम नवलपरासीको केही ठाउँमा आज होली मनाउँदै

बिनोद निगम / २४ फागुन , नवलपरासी

पश्चिम नवलपरासी जिल्लामा रहेको पाल्हिनन्द
बासी र तराई का केही भागमा आज होली मनाइँदैछ ।

पहाडी जिल्लामा सोबार र मधेसका अधिकांश भागमा मंगलबार नै होली मनाइयो । तर,नवलपरासीको पाल्हिनन्दन, प्रतापपुर, प्रदेश नं २ को जनकपुर र तराई मधेसको केही समुदाय आज होली खेलिरहेका छन् ।


पश्चिम नवलपरासीको महेशपुर चोक चोकमा जोगिरा गायन र मटकाफोर कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरमा हिन्दू-मुस्लिम समुदायका एकैठाउँ भेला भई शुभकामना साटासाट गरेर आपसी सद्भावको सन्देश दिन्छन् ।

त्रेता युगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले ब्रजबासीहरूले यसै दिन शव जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको पनि संस्कृति विद्हरूको भनाई छ ।

होलीको अवसरमा एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ। काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन्।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित