Rashtriya Dainik

होलिमा रमाए समृद्धि प्रतिष्ठानका पदाअधिकारीहरु

महेश सिंह / सिरहा लहान , २४ फाल्गुन – समाजिक उत्थान र समाजिक कार्यमा सकृय रहेका लहानका एक समाजिक संस्था समृद्धि प्रतिष्ठानले होली पर्वको अवसरलाई लिएर संस्थाको संस्थापक अध्यक्ष राम नारायण महतोले होलीको शुभ कामना अदान प्रदान कार्यक्रम राखेका थिए। संस्थामा आबद्ध रहेका लहानका सयौं ब्यक्तिहरुले होलि मिलन कार्यक्रममा सहभागी भएका थिए। अध्यक्ष महतो लगायतका ब्यक्तिहरुले सुभ कामना राख्दै कार्यक्रमको समापन गरेका थिए।

परापुर्व कालदेखी मान्दै आएका रंग अबिरको होली, प्रत्येक बर्ष फल्गुण महिनामा एक अर्कालाई रङ्ग,अबिर लगाएर होलि पर्व मनाउने गरेका छन्।होलिकाको इतिहासलाई लिएर प्राचीन काल देखि होलि पर्व मनाउने गरिएको छ। होलीको छुट्टै ईतिहास रहेका छन्।

होली पर्व तराई मुल र पहाडी समुदायमा फरक-फरक दिनमा मनाउने गरिएको छ।होलिका दिन बिहानै देखि सिरहाको लहान बजार लगायत देश भरीका विभिन्न बजारहरुमा किन मेल गर्न बजारमा मानिसको चहलपहल बढीएको छ। नेपाल सरकारले होलियामा रमाउन सार्बजनिक बिदा दिने गरेको छ।

होली मनाउन विभिन्न ठाउँबाट मानिसहरु अ-आफनो घर आउने गरिन्छ। खानाका विभिन्न परिकारहरु खाएर परिवारमा रमाइलो गर्ने र रङ्ग लगार खुशी बाडने गरिन्छ। हरेक ब्यक्ती नयाँ बस्त्र लगाएर रमाउने गरिन्छ। पछिल्लो समयको दु:ख बिर्से र रमाइलो गर्ने गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित