पाँचथर /९ पुस एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घटनामा संलग्न धनबहादुर फरार रहेका छन । गए राति पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा ३१ वर्षीय धनबहादुर उभरकोटीले आफ्नै ३० वर्षीया श्रीमती दुर्गामायालाई बञ्चरो प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय अनुसार दुर्गामायाको टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा उनको शव घरैमा फेला परेको हो । गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो । धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् । प्रहरी अनुसार धनबहादुर फरार रहेका छन । उनको खोजी कार्य तीब्र रहेको र घटना बारे थप आवश्यक अनुसन्धान भइ रहेको प्रहरीको श्रोतले जनाएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।