बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा बागेश्वरी असल शासन क्लव (बास नेपाल) को उपशाखा गठन भएको छ । आज एक कार्यक्रमका बिच बागेश्वरी असल शासन क्लव बास बझाङका अध्यक्ष रमेशबहादुर सिंहको अध्यक्षतामा ११ सदस्यीय उपशाखा गठन गरिएको हो ।
जसको अध्यक्षमा दोरेन्द्र खड्का, उपाध्यक्ष तिलक खड्का, सचिवमा साजन खड्का, सहसचिव कविन्द कठायत, कोषाध्यक्ष गिताकुमारी थापालगायत अन्य ११ जनाको समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै बास नेपाल बझाङका सचिव टेकेन्द्र बोहराले बास नेपालले देशभर भ्रष्टाचार सुसाशन जिविकोपार्जन लगायतको क्षेत्रमा काम गर्दै आएको जयपृथ्वी नगरपालिकामा गठन गरिएको र पछिल्ला दिनहरूमा यस उपसाखाले जनताका कुराहरू बोल्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले बास नेपालले सबै निकायमा हुने गरेका भ्रष्टाचार न्यूनिकरण गर्न अभियान थालेको हुँदा पालिकाभित्र रहेका अनियमितताको खोजी गरी सभ्य समाजको निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

