Rashtriya Dainik

महिला दिवसको अवसरमा पाल्हीनन्दनमा जनप्रतिनिधिसँग महिला कार्यक्रम सम्पन्न

नवलपरासी , २२ फागुन

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा साेमवार महिलाहरुले निर्वाचित जनप्रतिनिधिसँग अन्तक्रिया गरेका छन् ।

पालिकाका ६ वटै वडाबाट उपस्थित भएका सयौ महिलाहरुले आफ्ना जनप्रतिनिधिसंग आफूले पाउने हक अधिकार र सेवा सुविधाबारे प्रश्न उठाएका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुले पालिकाबाट पाउने सेवामा समान पहुँच हुनु पर्ने, शान्ति स्थापनाकालागि मेलमिलाप कार्यक्रमलाई प्रभावकारी वनाउनु पर्ने, वडा र पालिकाबाट सम्पादन हुने कार्यक्रमको सूचना सवैले समानरुपले प्राप्त गर्ने वातावरण तयार पार्न लगायतका सुझाव दिएका थिए ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार जनप्रतिनिधिसँग महिला र महिलाहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पालिका भित्रका १७ वटा महिला समूहले तयार पारेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीमा राखिएका सामाग्री अवलोकन गर्दै गाउँपालिकाका अध्यक्ष गुप्ताले महिलाहरुको सीपको प्रसंसा गर्दै बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सकिना फातुमा अन्सारी, वडा नं. २, ३, ४ र ५ का अध्यक्ष क्रमशः जगदिश प्रसाद गुप्ता, गोधन प्रसाद हरिजन, रविन्द्र कुमार साहानी, दिनेश चन्द्र त्रिपाठीले महिला दिवसको अवसरमा चर्चा गर्नु भएको थियो । यस्तै पाल्हीनन्दन गाउँपालिका गाउँकार्यकालिका सदस्य अनामिका हरिजन, सदस्य अनिता साहानी लगायतले शुभकामना व्यक्त गर्नु भएको छ ।

कार्यक्रम पाल्हीनन्दन गाउँपालिका स्तरीय वहुसरोकारवाला फोरमको आयोजना, पाल्हीनन्दन गाउँपालिकाको समन्वय र विभिन्न संस्थाकाे सहकार्यमा गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित