Rashtriya Dainik

सुस्तामा फागु पुर्णिामाको शुभकामना आदानप्रदान

नवलपरासी , २३ फागुन

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिकाद्वारा फागु पुर्णिामाको अवसरमा साेमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सुस्ता गाउँपालिकाकाे अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा भएको फागु पुर्णिामा २०७९ को अवसरमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरु बिच शुभकामना आदानप्रदान र अबिर तथा रंग लगाई एक कार्यक्रम गरि मनाएको हो ।

शुभकामना आदानप्रदानमा कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष उपाध्यायले होलि पर्व सभ्य र भब्य रूपमा मनाउन आग्रह गर्दै कर्मचारी र जनप्रतिनिधि बिच सदा सम्बन्ध प्रगाढ रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष गिता चौधरीले यो बर्षको होलि पर्वमा सबैको परिवारमा खुशी छाओस र रङ्ग जस्तै कर्मचारी तथा जनप्रतिनिधिहरुको जिवन पनि रङ्गिन बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भएकी थिइन् ।

सो शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले फागु पुर्णिामाको अवसरमा सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुको जीवन सधै रङ्गिन बनोस् र यो होलि पर्वको अवसरमा पालिकाको बिकास निर्माण कार्यमा जनप्रतिनिधिहरुमा थप उर्जा प्रदान होस र कर्मचारीहरुको काममा रङ्गिन रहोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित