अारपि उपाध्याय / नवलपरासी , २२ फाल्गुन
ई.प्र.का.बर्दघाट नवलपरासी त्रिवेणी चोकमा खटिएको प्रहरी टोलीले पुर्व-पश्चिम राजमार्गमा अबैध भन्सार छली/चोरी निकासी गरी लुकाई छिपाई ल्याएको कपडाहरु बरामद गरेको जनाएको छ ।
टि-सर्ट ६८ पिस, साडी ५० पिस, कुर्तासुरुवाल २५ पिस, लेगिज १० पिस, टप्स ७ पिस. हाफ कट्टु ६ पिस गरि जम्मा ९१ हजार मुल्य बराबरको लत्ता कपडा बरामद भएको हो । बरामद गरिएको अबैध भन्सार छलीका सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयलाई बुझाईने प्रहरी निरिक्षक वीरेन्द्र के.सी. ले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीले २०७९ अषाढ ०९ गतेदेखि माघ मसान्तसम्मको ८ महिनाको अवधिमा १ करोड ६७ लाख ९३ हजार ६ सय ४७ मुल्य बराबरको भन्सार छली अवैध रुपमा ओसारपसार भएका वस्तुहरु, नदीजन्य पदार्थ, वन पैदावर, खसी बोका चौपाया समेत वरामद गरि आवश्यक कारवाहीको लागि सम्वन्धित कार्यालयमा पठाईएको वताएको छ ।
प्रहरीका अनुसार २०७९ अषाढ ९ गतेदेखि माघ महिनासम्म चिनी, मल, लत्ताकपडा,मोवाईल,खाद्दान्न, गाडी पार्टस, हार्डवयर समेतबाट रु १ करोड १५ लाख ५५ हजार ७२२ सय, नदिजन्य सामाग्रीबाट ३ लाख २२ हजार ५ सय, अवैध काठजन्य सामाग्रीबाट रु १३ लाख ९८ हजार ९ सय २५ रुपैया र खसी बोकाबाट रु ३५ लाख ७६ हजार ५ सय मुल्य बराबरको वस्तुहरु बरामद भएको हो । गत आर्थिक वर्ष २०७८-०७९ को सोही अवधिमा रु ५६ लाख २९ हजार ५ सय ४४ बराबरको अबैध सामानहरु बरामद भएको थियो ।
यसै गरि समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध, साइवर अपराध, आत्महत्या न्युनिकरण, लैगिक हिंसा, ट्राफिक सचेतना लगायतका ४३ वटा जनचेतनामूलक कार्यक्रम समेत सन्चालन भएका छन् ।
इलाका प्रहरी कार्यालयको टोलीले गत मंसिर महिनामा घटित धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरि फरार भएका प्रतिवादीलाई घटनाको २४ घण्टा नबित्दै पक्राउ गरिएका प्रतिवादी र विभिन्न मितिमा लागु औषध सेवन तथा ओसारपसार गर्ने ४ जना प्रतिवादी आवश्यक अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान भएको समेत बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

