Rashtriya Dainik

युद्ध र जेल मध्ये एउटा राेज्नुपर्छ नेता- जनक बुढा

उत्तमकुमार थापा
देशमा सँघियता समानता समावेशीता सँगै लाेकतन्त्रकाे मर्म नेकपा माअाेवादीकाे देन हाे । राजसस्था जस्तो जगडिएकाे हुईकमवादलाई पाखा लगाउने पनि यहीँ पार्टी हाे ।

देशलाई स्थायित्वमा राख्न हाम्रो देशका सबै सबै पार्टीको देन उस्तै देखिन्छ । जनक बुढा भन्छन,हामीले जनयुद्ध गरेकै हाे,जनयुद्धमा कति मारिए कति घाइते भए कति बेपत्ता पारीए त्याे यर्थात चित्रण देखिन्छ । देशलाई परिवर्तनकारी भुमिकामा राख्न सँघिय सँग्रचना सहितको परिकल्पना मात्र नभएर गाउँ गाउँमा स्थानीय सरकारकाे अवधारणा नै हाम्रो निति थियाे र ल्याएका पनि छाै ।

मलाई लाग्छ,लाेकतन्त्रमा मुद्दा हाल्न पाईन्छन,गणतन्त्रमा भन्न पाईन्छ लेख्न पाईन्छ तर बुझेर कुन मुद्दामा लख्ने कसरी अगाडि बढ्ने त्याे बाटाेलाई नहेरी युद्धमा भएको परिघटनालाई लिएर यसरी चरित्र माथि र नेकपा माअाेवादी माथि नै हस्तक्षप हुनुमा हामी चुप बस्ने बाला छैनाै । मलाई लाग्छ युद्धकालीन समयको चेतना सक्षम तरिकाले हेर्न सकिन्छ । म सुदुरपश्चिम प्रदेश कमिटी सचिव पनि हुँ । म पार्टीको लागि याे ज्यान सुम्पिन चाहान्छु । नेत्र भित्रकाे बिचित्र हेर्न नपराेस उनले आफ्नाे फेस्बुक वालमा राखेका छन । यदि प्रचण्डकाे पक्षमा नभए कि युद्ध कि निर्णय बाकी समयले बताउन्छ ।

नेकपा माअाेवादीमा युवा नेता तथा सँविधानसभा सदस्य रहनुभएका बुढा अझै जनयुद्धको सँघ्यामा छन । उनी भन्छन परिवर्तन गर्न एक दुई सपुत मर्नै पर्छ । बिनास नभए बिकास हुदैन, मुद्दा हाल्नेले हेक्का हुन जरुरी देखिन्छ । हामी मैदानमा छाै फेरि हतियार उठाउन नपराेस समयमा चेतना हाेस । प्रचण्ड युग हुन उनकाे नेतृत्वमा देश परिवर्तन भएको हाे याे हामीले सुईकार्नु पर्छ । २०६३ यताकाे परिवर्तन लाई सहर्ष सुकार्दै, पहिलेकाे राज सँस्थाकाे हैकमवादी शासन हामी सुईकार्न सक्दैन । शान्ति सम्झाैता अनुसार हाम्रो पार्टी अगाडि बढ्न तयार छ । हामी फेरि एकपटक निर्णय लिन बाध्य हुन नपराेस ।

माननीय जनक बुढाले सामाजिक सञ्जालमा यसरी लेख्नु भएको छन । सर्बोच्चमा दर्ता भएको मुद्दाको फैसला यदि कमरेड प्रचण्डको विपक्षमा भयो भने “कि जनयुद्धमा जाउ कि जेलमा जान तयार हौं ” भनेर हामि सबै धाराका माओवादीहरुले बुझ्नु पर्ने हुन्छ । “परिबर्तन होइन प्रतिगमन रोज , शान्ति होइन असान्ति खोज” भनेर अरु पार्टीले पनि बुझ्नु पर्ने हुन्छ ।कमरेड प्रचण्डका विरुद्ध बिस्तृत शान्ति सम्झौताको मर्म र भावना बिपरित भैरहेका गतिविधिको सम्पूर्ण नेपाली जनताले प्रतिबाद गर्नु नै देश र हामि सबैको हितमा छ ।क्षणिक खुशियालि मनायर भबिस्यमा पुर्पुरोमा हात राख्ने दिन कसैले देख्न नपरोस ।प्रतिक्रियावादीहरुले सोचे जति कमजोर भएका छैनौ भन्ने कुरा हेक्का रहोस ,जेल या जनयुद्ध रोज्नै पर्ने विकल्प आय हासि हासि जनयुद्ध रोज्न हामीलाई गाह्रो हुने छैन। सबैलाई चेतना भया । उहाँ नेकपा माअाेवादी केन्द्रका सुदुरपश्चिम प्रदेश सचिव सहित चर्चित युवा नेता हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित