अारपि उपाध्याय / नवलपरासी , २३ फागुन
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले होली पर्वलाई शिष्ट, नम्र र सदभाव पुर्वक मनाउन सबैमा आग्रह गरेको छ।
होली पर्ब २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालयले ( ब. स. पु. )ले आइतबारका दिन सार्वजनिक सूचना मार्फत सबैमा सभ्य र सुरक्षित तवरले होली पर्ब मनाउनको लागी सम्पूर्ण जिल्ला बासिमा अपिल गरेको छ l
जिल्ला प्रहरी कार्यालयले नवलपुरका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यता र मर्यादित रुपमा मनाउन सम्पूर्ण जिल्ला बासीलाई आग्रह गर्नुभएको हो। होली पर्वको नाममा उश्रीङ्खल क्रियाकलाप नगर्न र नगराउन सबैमा आग्रह गर्दै आत्मिय रुपमा नजिक रहेको व्यक्तिसंग मात्र होली मनाउन आग्रह गर्दै आफ्ना आफन्तहरु संग सदभावपूर्ण रुपमा होली मनाउन अपिल गर्दै होलिको नाममा केमिकल्स युक्त रंग, अबिर लगायत वस्तुको प्रयोग नगर्न पनि सबैमा आग्रह गरिएको छ। होली पर्वमा अपरिचित व्यक्तिसंग रंग ,अबिर साटा साट नगर्न पनि प्रहरीले आग्रह गरेको छ।
प्रहरीद्वारा जारी सूचनामा छाला र आखामा असर पर्ने रंग को प्रयोग नगर्न पनि सबैमा जानकारी गराउदै मादक पदार्थ सेवन गरि सवारी साधनको प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न पनि सबैमा अपिल गरिएको छ।
चाडपर्वको अवसरमा अपराधीक क्रियाकलाप हुन लागेको वा संकेत पाइएमा प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ भने असक्त, बालबालिका, जेष्ठ नागरिक र पर्यटकहरुलाई सम्मान जनक व्यहार गर्न पनि सबैमा जानकारी गराउदै नियम बिपरित काम गर्ने जोकोहीलाई पनि प्रचलि कानुन अनुसार कारवाही गर्ने प्रहरीले सबैमा जानकारी गराएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

