राजन कुमार बानिया
पर्सा २२ फागुन
पर्साको छिपहरमाई गाउँपालिकाको सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुले अायोजना गरेको होली मिलान समारोह कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अायोजना गरेको होली मिलन समारोह कार्यक्रम भिस्वामा रहेको श्री मंगल माध्यमिक बिधालयको प्रागंणमा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्ष्ातामा सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष गुप्ताले राजनितीमा चढाव उतराव हुन्छ सानो तिनो कुरामा हामीहरु उलझियर अापसमा बिबाद नहोस हामी सबै जनप्रतिनिधिहरुले अापसमा समन्वय गरि छिपहरमाई गाउँपालिकाको बिकास तरफ जुटन अाग्रह समेत गरे। हामीहरु केहु राजनितीकर्मी ३० हजार जनताहरुले अाफ्नो मत दिएर जनप्रतिनिधि बनाएको छ । सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुलाई अाग्रह गर्छु कि जनताको कामकाजमा कुनै कोताही नहोस भर्खरै अाउनु भएका प्रमुख प्रसाशकिय अधिकृतसंग समन्वय गरि जनताहरुको काम गर्न र गर्ाउन अाग्रह समेत गरे।होलीमा होलिका दहनको साथै अापसि कलह त्यसै साथ दहन गरि अापसी भाईचारा कायम राखेर सद्भभाव पुर्ण होली मनाउन अाग्र गर्दै सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई अबिर गुलाल लगाउदै शुभकामना सटासाट गर्नु भएको हो। होली मिलन समारोह कार्यक्रममा नयाँ अाउनु भएका प्रमुख प्रसाशकिय अधिकृत राकेश अोझा र जनप्रतिनिधि र कर्मचारीहरुसंग परिचातम कार्यक्रम समेत भएको थियो।
होली मिलन समारोह कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देबी कनुईन,प्रमुख प्रसाशकिय अधिकृत राकेश अोझा, नेता किशोरी साह, वडाअध्यक्ष कामेश्वर यादव , महेन्द्र साह कलवार , दिपेन्द्र सिंह , रामेश्वर महतो,मौजीलाल साह , कार्यपालिका सदस्य बलिस्टर साह, स्वास्थ्य शाखा प्रमुख शम्भु साह,शिक्षा शाखा प्रमुख मुकेश चौरसिया,अाईटी संजिव यादव, लगायत कमर्चारी , जनप्रतिनिधिहरुको सहभागी रहेको थियोे । दिनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारीहरुको सहभागित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

