संजय कुशवाहा / नवलपरासी ९ पुस पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूबाट अबैध सामना ओसार पसारमा संलग्नमा १ मोटरसाइकल सहित २ लाख १० हजार ४ सय मूल्य बराबरको अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो रामग्राम नगरपालिका वडा नं .५ वाईपास चोकबाट करिब ९१ हजार ४ सय मुल्य बराबरको भारतबाट नेपालतर्फ भन्सार छली अबैधरूपमा ल्याउदै गरेको चिनी, प्याज, खुर्सनी, कपडाको पर्दा, अल्मुनियम चिम्टा, हुक, वल्व वाईपास चोकमा वेवारिसे अवस्थामा लुकाई छिपाई राखेको सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । यसैगरी नेपालबाट भारत तर्फ अवैध रूपमा लैजादै गरेको करिब ४५ हजार मुल्य बराबरको २ बोरामा १ सय किलो सुपारी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा न .१ रमपुरवाबाट नियन्त्रण गरेको हो । यसैगरी भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको करिब २४ हजार मुल्य बराबरको २ वटा खसी र ५० हजार बराबरको नम्बर प्लेट नहालेको मोटरसाईकल नियन्त्रण गरेको छ । खसी मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि खसी र मोटरसाईकल छाडी मानिस भागेका थिए । सरावल गाउँपालिका वडा न. ७ भुजहावा स्थितबाट मोटरसाइकल सहित खसी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा सामान आवस्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।