राष्ट्रिय दैनिक / नवलपरासी , २१ फागुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्नको लागि अाइतवार शिलान्यास गरी निर्माण कार्य सुरु गरेको छ।
एक कार्यक्रम बिच प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले शिलान्यास गरेका छन्।
शिलान्यास गदै अध्यक्ष यादवले प्रतापपुर गाउँपालिको देखेको सपनालाई पुरा गर्न दलगत स्वार्थ भन्दा माथि उठेर प्रतापपुर गाउँपालिकाले विकास गर्ने तर्फ अघि बढेको बताए । प्रतापपुर गाउँपालिकाको समग्र विकासमा साधैभर अग्रसर रहेको बताए । पालिकाको प्रशासनिक भवन निर्माण कार्यमा विभिन्न बाधा अवरोध र चुनौतीको बिचमा पनि तथा सबै जनप्रतिनीधीहरुको एक भएर भवन बनाउन लागेको अध्यक्ष यादवले बताए । उनले स्वास्थ्य चौकी भवन जीर्ण रहेको जग्गामा भवन बनाउन लागेको बताउँदै केही दिनमा प्रशासनिक भवनको सय डेढ सय मिटर वरिपरि स्वास्थ्य चौकी भवन पनि निर्माण कार्य सुरु हुने जानकारी दिए । त्रिभुवन माविमा पनि पर्खाल सहित २४ वटा सटर निर्माण गर्न लागेको जसमा ६ वटा सटर तत्काल निर्माण हुने यादवले बताए ।

गाउँपालिकाले करिब ९ कट्ठा जग्गामा प्रशासनिक भवन निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिबी घिमिरेले जानकारी दिए । उक्त भवन बनाउनको लागि १४ करोड ६८ लाख ४९ हजारमा टेन्डर आव्हान गरेको गाउँपालिकाले १० करोड ५ लाख २ हजार सात सय ८६ रुपैयाँ टेन्डर परेको घिमिरेले बताए ।
प्रशासनिक भवन निर्माण गर्न लोटर्स देवतीबजई डिसी बिलडर्स जेभी कोटेश्वर ३२ काठमाडौँले निर्माण कार्य जिम्मा पाएको प्रतापपुर गाउँपालिकाका ईन्जिनियार आनन्द यादवले जानकारी दिए । उक्त भवनको म्याद दुई बर्षभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने समय तोकिएको बताए । उक्त भवन चार तल्लाको भवन निर्माण हुने र जसमा ४० कोठाहरू रहेको यादवले बताए । त्रिभुवन उच्च मावि पर्खाल २४ सटर सहित जनसहभागिता सहित ३८ लाख लगतमा निर्माण हुन लागेको ईन्जिनियार यादवले बताए ।

गाउँपालिकाको आफ्नै भवन नहुँदा दुई वटा स्थानमा भाडा लिई गाउँपालिकाको कामकाज हुने गरेको छ । भाडा भवनबाट गाउँपालिका सञ्चालन गर्न साँघुरो र सेवा प्रवाह कठिन हुँदै आएको छ । आफ्नो भवनबाट सेवा प्रवाहमा सहज पुग्ने बिश्वस व्यक्त गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

