राष्ट्रिय दैनिक / नवलपरासी , २० फागुन
पश्चिम नवलपरासीको सुस्ता गाउपालिकाले बालविवाह विरुद्ध सरोकावाला र अविभावकहरुसंग अन्तरक्रिया गरेको छ ।
“बिहेवारी २० बर्ष पारी”भन्ने नारालाई आत्मसाथ गर्दै पालिकाले सो कार्यक्रम आयोजना गरेको जनाएको छ। अझै पनि समाजमा अन्धबिस्वास,अशिक्षाका कारण बालबिवाह पुर्ण रुपमा समाप्त हुन नसकेको भन्दै यसमा सबैको सहकार्य आवस्यक पर्ने सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए।

बालविवाहका कारण स्वास्थ्यमा पर्ने असर र सिङ्गो समाजमा यस्ले पार्ने नकारात्मक असरका बारेमा समेत सबै जागरुक हुनुपर्ने अध्यक्ष उपाध्यायको भनाई थियो।
ग्रामिण दुरदराजका क्षेत्रमा मुलतः बालविवाह कायमै रहेकाले जनचेतनामुलक कार्यक्रमको आवस्यकता रहेको सरोकारवालाहरुले बताएका छन ।

पालिकाले यस बिषयमा छुट्टै योजना बनाएर अघि बढ्न सकिने प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए। कार्यक्रममा बालविवाह न्युनिकरणका लागि सामुहिक एक्यवद्धता समेत जनाईएको थियो।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

