रंजीत शर्मा/ नवलपरासी ,२० फाल्गुन।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
शनिवार देखि पाल्हीनन्दन गाउँपालिका वार्ड न ०२ हरपुरमा स्थित श्री हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहको सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री ध्रुव वहादुर प्रधानले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताउनुभयो। उहाँले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक,आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छाशक्तिको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो। यस्ता खेलकुद प्रतियोगीतामा सबै पालिका प्रमूखहरू सहभागी भई खेलाडीहरु हौसला प्रदान गर्नु पर्ने विभिन्न पालिका प्रमुखहरू उपस्थित न हुनुमा दुःख व्यक्त गरेका थिए। आफू यस क्षेत्रको विकासका लागि कुस्ती र कब्बडी खेलको लागि कबड हालको निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी, दौड,हाई जम्प,लङ जम्प लगायतका महिला र पुरुष गरी ३६ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमूख भगवति यादव,पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक ),उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,वार्ड नं २ अध्यक्ष जगदिश गुप्ता,पत्रकार लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

