बिनोद निगम / नवलपरासी ,२० फागुन
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिम र जिल्ला प्रहरी कार्यालयले होली पर्व अर्थात फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ ।
यस वर्ष पहाडीमा यही फागुन २२ र तराईमा २३ गते होली पर्व रहेकोले साे अवसरमा प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले सूचना जारी गर्दै होलीमा इच्छा विपरीत रंग नदल्न आग्रह गर्नुभएको छ ।

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो ।
कसैले अवाञ्छित एवं उच्छृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उरीक्षक भोजराज पाण्डेले सभ्य तरिकाले फागु पूर्णिमा मनाउन आग्रह गर्नु भएको छ । होली खेल्दा क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुप्रति संवेदनशिल बनौ, कुनै पनि दुर्व्यवहार नगरौ अण्डा, मोबिल, लोला तथा फोहर पानी प्रयोग नगर्न आग्रह गरेको हो ।
यस्तै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन तथा सवारीसाधन तीव्र गति नचलाउन पनि प्रहरीले आग्रह गरेको छ । कहि कतै अपराधिक गतिविधी हुन गर्न लागेको वा भएको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाईन नम्बर १०० मा खवर गर्न बताएकाे छ ।

मोटरसाइकलमा दुई जना भन्दा बढी नचढ्न, चर्को आवाजमा मोटरसाइकल , अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न तथा चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

