Rashtriya Dainik

विश्व सुनाइ दिवसकाे अवसरमा सचेतता तथा अभिमुखिकरण

राष्ट्रिय दैनिक / नवलपरासी , १९ फागुन

पश्चिम नवलपरासीको प्रतापपुर ३ मा विश्व सुनाइ दिवस मनाईएको छ ।

युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना अन्तर्गत प्रतापपुर ३ मा सचेतता तथा अभिमुखिकरण कार्यक्रम गरि विश्व सुनाइ दिवस मनाईएको हाे।

बहिरा र सुस्तश्रवण सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको दैनिक संचारका विधि, सुचना संचारका प्रविधि र प्रणालीहरु पहुँचयुक्त नहुँदा उहाँहरुका लागि दैनिक संचारमा अवरोधको सिर्जना भइ अन्य व्यक्तिहरु सरह जिउन कष्टकर र सहभागिताविहिन हुन पुगेको सहभागीहरुले छलफल गरेका थिए । सुनाइ सम्बन्धी अपाङ्गता भएका ब्यक्तिहरुलाइ सबै मानवअधिकार, अवसर र सेवा सुविधामा पहुँच प्राप्त गर्ने बातावरण सृजना गर्नेतर्फ कृयाशील हुन सबै सरोकारवालाहरू लाग्नुपर्ने साे कार्यक्रममा सहभागीहरुले माग गरेका थिए ।

कार्यक्रममा अपांगताकाे परिचय , अपांगताकाे परिकार ,अपांगता हुने कारण , मर्यादित शब्दावली तथा बहिरा र सुस्तश्रवण सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको दैनिक संचारका विधि, सुचना संचारका प्रविधि र प्रणालीहरु विषयमा अभिमुखिकरण गरिएको थियो ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनी स्थित महेन्द्र माध्यमिक विद्यालयका ३३ जना सहभागी रहेको अभिमुखिकरण कार्यक्रमकाे सहजिकरण उमेश कुमार बि.कले गर्नुभएको थियो ।

सुनवल सामुदायिक किकास केन्द्रले अपांगता समावेशी विकास परियोजना नवलपरासीको प्रतापपुर र पाल्हिनन्दनमा संचालन गर्दै आइरहेको परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित