राष्ट्रिय दैनिक / नवलपरासी , २० फागुन
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनी स्थित महेन्द्र माध्यमिक विद्यालयमा महेन्द्र बाल क्लब गठन भएको छ ।
युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजनाकाे सहजिकरणमा विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवर्धन तथा अपांगता समावेशीकरण र अपांगतामैत्री वातावरण सृजना गर्ने उद्देश्यले गठन भएको १७ सदस्यीय क्लबको अध्यक्षमा विश्वानन्द यादव चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा प्रिति हरिजन , सचिवमा सचपेन्द्र पासि , कोषाध्यक्षमा परि यादव र सह–सचिवमा मिथुन चाैधरी चयन भएका छन् ।
समितिका सदस्यहरुमा दिपक हरिजन, अमन साेनार,अनुष्का यादव,अाकृति यादव , जुलि गुप्ता ,जीवन हरिजन, कृष्णा चाैधरी , संगिता चाैधरी , बद्री अालम , अमित हरिजन , सुस्मिता चाैधरी र पुजा यादव रहेकी छिन् ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालयले विभिन्न रचनात्मक कार्य गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनाेज यादवले जानकारी दिए । उनले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताए ।

बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको अध्यक्ष यादवले बताए । बाल क्लबमार्फत चालिएका अभियानले बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आउने यादवको विश्वास छ ।

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, अपांगताकाे सवाल र अपांगतामैत्री वातावरण , क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सरसरफाई लगायत कार्यक्रम सञ्चालन निर्णय गरेको क्लबका अध्यक्ष विश्वानन्द यादवले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

