Rashtriya Dainik

सियारीमा थारु मयुर नाच तालिम सम्पन्न

राजन चाैधरी / रुपन्देही , २० फागुन

रुपन्देहीको सियारी गाउँपालिकामा थारु मयुर नाच तालिम सम्पन्न भएको छ।

सांस्कृतिक व्यवसायिक आकांक्षा भएका थारु युवायुवतीहरुको थारु मयुर नाच सम्बन्धि ज्ञान, सीप र दक्षतालाई उजागर गरी सक्रिय रुपमा देश विकासको मूलधारमा ल्याउने लक्ष्य सहित तालिम गरिएको थियो ।

करुणा डेभलपमेन्ट फाउन्डेसन प्रा.लि सियारी २ काे अायाेजना तथा सियारी गाउँपालिकाकाे सहयोगमामा प्रेमनारायण चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।

तालिमलाई सम्बाेधन गर्दै अध्यक्ष घिमिरेले थारु कला संकृतिको जर्नेना गर्न याे तालिम सुरु गरिएको बताउनु भयो । थारु मयुर नाच बारे ज्ञान, सीप कलामा प्रयाप्त रुपमा दक्ष बनाउने ,व्यक्तिगत तथा संस्थागत रुपमा स्वरोजगारीको अवस्था सृजना गर्न सहयोग गर्ने साथै देश विकास कार्यमा थारु युवायुवतीहरुको ज्ञान, सीप र दक्षतालाई मूलप्रवाहीकरण गर्ने उद्देश्य सहित तालिम अायाेजना भएकोले तालिममा सिकेको कुरा ब्यवहारिक जिवनमा उतार्नुपर्ने बताउनुभयो ।

त्यस्तै पालिका उपाध्यक्ष तारा थारुले पालिका भित्र बढी बसोबास रहेको आदिबासी जनजाति थारुको कला, संस्कृति, भेषभुसा लगायतको प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले याे तालिम राखेकाले अब यश तालिममा सिकेको नृत्य ब्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको थियोे ।

तालिम फागुन १२ गतेबाट सुरु भई १९ गतेसम्म सन्चालन भएको अायाेजकले जानकारी दिइएको छ।

२६ जना सहभागी रहेको तालिमकाे सहजिकरण चौतारे थारुले गर्नुभएको अायाेजकले जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित