Rashtriya Dainik

पाल्हीनन्दनमा अागलगि हुदा लाखौंको क्षती

रंजीत शर्मा/नवलपरासी,१९ फाल्गुन।

पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं २ हरपुरमा आगो लाग्दा लाखौंको क्षती भएको छ ।

पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ बस्ने भगवति केवटको घरमा आगो लागेको हो। चुलोमा खाना फकाएर राम्रो संग आगो न निभाउनले आगो लागेको स्थानियहरुले बताएका छन्।

आगो लाग्दा लाखौंको काठ,लगभग १० क्विन्टल चामल गेहु, दर्जन जति कपडा, विभिन्न कागजात जलेर नष्ट भएको छ।
अागलागि भयपछि स्थानीय बासी,सशस्त्र प्रहरी बल हरपुर, ईलाका प्रहरी कार्यालय पिपरहावाको सहयाेगमा आगो लाई नियन्त्रण लिईएको थियो ।

पाल्हीनन्दन गाउँपालिकामा आफ्नो दमकल न हुँदा छिमेकी पालिका रामग्राम नगरपालिकाको दमकलले सहयाेग गरेको थियो। आगो लाग्ने ठाउँको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित