Rashtriya Dainik

नवलपरासी प्रहरीद्वारा ३लाख बढीको कपडा र समान बरामद

संजय कुशवाहा / नवलपरासी १७ फागुन

पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ३ लाख २५ हजार २ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्र.स.नि. चाम बहादुर वलीको कमाण्डको टोलीले सरावल गाउँपालिका वडा नं.२ मनरी स्थितबाट वेवारिसे अवस्थामा राखिएको २ लाख १२ हजार ५ सय मुल्य बराबरको थान कपडा १२१ मिटर, सुतीको थानको कपडा १ हजार ७५ मिटर , कुर्ता सुर्वाल ४२ पिस, साडी ४७ पिस , सुतीको कुर्ता सुर्वाल १३ पिस , ललीपप मिठाई १५० प्याकेट , टेङ्गो मिठाई २४ पिस, भाईवेष्ट मिठाई २ कार्टुन प्रहरीले बरामद गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट प्र.स.नि. बिन बहादुर बगालेको कमाण्डमा खटिएको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोक स्थित पुर्व-पश्चिम राजमार्गमा बेवारिसे अवस्थामा राखिएको १ लाख १० हजार २ सय मुल्य बराबरको सुट ३६ पिस , टप्स १८ पिस, कुर्ता सुर्वाल २२ पिस प्रहरीले बरामद गरेको हो ।

यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. २ मुडेरा स्थितबाट २५ हजार मुल्य बराबरको गँहु १ क्युिटल ५० किलो , चवल ३ क्युिटल ५० किलो ईलाका प्रहरी कार्यालयबाट खटिएका प्र.ब.ना.नि. राजेश भट्टराईको टोलीले बरामद गरेका हुन ।

बरामद गरेका उक्त मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित