राष्ट्रिय दैनिक / नवलपरासी , १६ फागुन
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध न्यूनीकरण सम्बन्धि एक दिने सचेतना कार्यक्रम सुनवलमा सम्पन्न भएको छ।

सुनवल नगरपालिका अन्तर्गत सुनवलमा रहेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पश्चिमका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ।
साइबर अपराध न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक, शिक्षक, कक्षा ११ र १२ मा अध्ययनरत २५० विद्यार्थीहरुको सहभागिता रहेको डिएसपी पाण्डेले बताउनु भएको छ।
साइबर अपराध न्यूनीकरण सम्बन्धि एक दिने सचेतना कार्यक्रममा नायब प्रहरी उपरीक्षक पाण्डेले सहजीकरण गर्नुभएको थियो।

पुर्व पश्चिम राजमार्गको सुनवलमा साइबर अपराध न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न भए यता जिल्लाको दक्षिणी सिमावर्ती विद्यालयहरुमा पनि त्यस्ता खाले कार्यक्रमको आवश्यकता महसुस गरिएको विद्यालयहरुले बताउन थालेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

